बाहुबली २ ले ३ दिनमा कमायो ५ सय २० करोड

२०७४ बैशाख १९ गते ११:४० मा प्रकाशित


bahubali-2१९ बैशाख । मुम्बई । गत अप्रिल २८ मा रिलिज भएको फिल्म बाहुबली २ द कन्क्लूजनुले भारतमा तीन दिनमा ३ सय ३५ करोड रुपैयाँ कलेक्सन गरेको छ। व्यापार विश्लेषक गिरीश जौहरको भनाइ उदधृत गर्दै भारतीय सञ्चारमाध्यमका अनुसार फिल्मले तीन दिनमा विश्वभरबाट ५ सय २० करोड रुपैयाँ कलेक्सन गरेको छ।

फिल्मले रिलिजको दिन १ सय २१ करोड कलेक्सन गरेको थियो। २ सय ७० करोड रुपैयाँमा बनेको यो फिल्म रिलिज हुनुभन्दा अघि नै नाफामा थियो। फिल्मले थिएट्रिकल राइट्स बेचेर रिलिज अघि नै ५ सय करोड बढी रकम जम्मा गरिसकेको थियो।

व्यापार विश्लेषक रमेश वालाले एसएस राजामौलीद्वारा निर्देशित फिल्मको हिन्दी भर्सनले बक्स अफिसमा सातामा ८० करोड रुपैयाँ कलेक्सन गरेको ट्विट गरेका छन्। यो फिल्म भारतको ६५ सय स्त्र्किनमा रिलिज भएको थियो। यो फिल्म विश्वभरका ९ हजार पर्दामा रिलिज भइरहेको छ।

समाचारअनुसार फिल्मले हिन्दी भर्सन राइट्स १ सय २० करोड रुपैयाँ र तेलुगु भर्सनको राइट्स १ सय ३० करोड रुपैयाँमा बेचेको थियो। तमिलनाडुमा फिल्मको राइट्स ४७ करोड रुपैयाँमा बेचेको थियो। यो मूल्य रजनीकान्त नभएको फिल्ममा सर्वाधिक महंगो हो। केरलामा यो फिल्मले वितरण अधिकार १० करोड रुपैयाँ र कर्नाटकमा ४५ करोड रुपैयाँमा बेचेको थियो।

You may also Like this

थप समाचार

मोरक्को र ट्युनिसिया विश्वकप फुटबलका लागि छानिए
मोरक्को र ट्युनिसिया विश्वकप फुटबलका लागि छानिए

काठमाडौं, कात्तिक २६ । मोरक्को र ट्युनिसिया अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छानिएका छन् । अफ्रिकी समूहको छनोटअन्त ...

४५ दिन लगाएर गरिएको २०१५ सालको चुनाव
४५ दिन लगाएर गरिएको २०१५ सालको चुनाव

इतिहासमा चुनावः श्रृंखला-१ नेपालमा २०१५ सालमा पहिलो पटक संसदको निर्वाचन भएको थियो। त्यसपछि ३३ वर्षपछि २०४८ सालमा आम निर्वाचन ...

काठमाडौँ उपत्यकामा दिउँसै मापसे जाँच
काठमाडौँ उपत्यकामा दिउँसै मापसे जाँच

काठमाडौँ । तपाईं दिउँसै मादकपदार्थ सेवन गरी कतै सवारीसाधन चलाउँदै त हुनुहुन्न रु चलाएको भए अब नचलाउनुहोस्, नत्र कारबाहीमा पर् ...

एसेन्सिआको उत्कृष्ट गोलसंगै रियल मड्रिड विजयी
एसेन्सिआको उत्कृष्ट गोलसंगै रियल मड्रिड विजयी

२० कात्तिक । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा रियल मड्रिडले प्रभावशाली जित दर्ता गरेको छ । घरेलु मैदानम ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...