१९९ जनामा औलोको जीवाणु फेला

२०७४ असोज ३ गते १५:०३ मा प्रकाशित


dhgधनगढी, असोज ३ । औलो रोग रोकथामका लागि विभिन्न प्रयास भइरहे पनि कैलाली जिल्लामा औलो रोगी फेला पर्ने दर भने अझै घटेको छैन ।


औलो रोगको जोखिम रहेको कैलाली जिल्लामा पछिल्लो एक वर्षमा १९९ जनामा औलोको जीवाणु फेला परेको छ ।

शंकास्पद रोगीको रगत परीक्षण गर्दा यी व्यक्तिमा औलोको जीवाणु फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय औलो शाखाप्रमुख उदयशंकर साहले जानकारी दिए । औलोको जीवाणु फेला पर्नेमध्ये अधिकांश भारतमा काम गरेर फर्किने नेपाली रहेका छन् ।

शाखाप्रमुख साहले कामको खोजीमा भारत गएर फर्किनेहरूमा यो रोगको संक्रमण बढी देखिने गरेकाले रोकथाममा समस्या भएको बताए । यसबाहेक जनचेतनाको अभावका कारण पनि रोकथाममा समस्या भइरहेको छ ।

कैलाली जिल्लाको धनगढी उपमहानगरसहित साविकको मालाखेती, गोदावरी, चौमाला, जोशीपुरलगायत गाविस औलोको उच्च जोखिमा रहेको जनाइएको छ ।

जनस्वास्थ्य कार्यालयको तथ्यांकमा कैलालीमा आव २०७०र७१मा १७९ जनामा औलोका जीवाणु फेला परेकामा आव २०७१र७२मा यो दर बढेर २५५ जनामा जीवाणु फेला परेको उल्लेख छ । गत वर्ष २०७२र७३मा कैलालीमा १९५ जनामा औलोको जीवाणु फेला परेको थियो ।

‘नेपालमा सबैभन्दा बढी औलो जोखिमको जिल्लाका रुपमा कन्चनपुर र कैलाली रहेका छन्’, शाखा प्रमुख साहले भने, ‘नेपालका कूल औलो रोगीमध्ये कैलालीमा ३० प्रतिशत र कन्चनपुरमा ४० प्रतिशत औलो रोगी भेटिने गरेको तथ्यांक छ ।’

संक्रमित ‘एनोफिलिज’ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने यो रोग वयस्क उमेरका व्यक्तिमा बढी देखिने गरेको छ ।

यो रोगमा चिसो महसुस हुने, टाउको दुख्ने, ज्वरो आउने, पसिना आउनेजस्ता लक्षण देखिने र लामो समयसम्म रोगीको उपचार हुन नसके मृत्युसमेत हुने गरेपनि नेपालमा सन् २००१२ यता औलो रोगका कारण कसैको मृत्यु भएको छैन ।

रोग रोकथामका लागि जिल्ला जनस्वास्थ्य कार्यालयले जोखिम बढी रहेका क्षेत्रमा कीटनाशक विषादी प्रयोग गरिएको ‘सुपानेट झुल’ वितरण गर्ने र कीटनाशक औषधि छर्किने काम गर्दै आएको छ । रासस

You may also Like this

थप समाचार

दुर्लभ पाटेबाघ मर्‍याे, अनुसन्धानका लागि नमूना संकलन हुँदै
दुर्लभ पाटेबाघ मर्‍याे, अनुसन्धानका लागि नमूना संकलन हुँदै

चितवन, वैशाख ७ – चितवनको रत्ननगरस्थित पञ्चकन्या सामुदायिक वनमा एउटा दुर्लभ पाटेबाघ मृत फेला परेको छ ।  बिहीबार पा ...

तेल नबोक्ने ट्यांकरसँग सम्झौता खारेज गरिने
तेल नबोक्ने ट्यांकरसँग सम्झौता खारेज गरिने

इन्धन ढुवानीमा संलग्न ट्यांकर व्यवसायीले हडताल गरे नेपाल आयल निगमले सम्झौता खारेज गर्ने भएको छ। यसपालि हड्ताल गरेर खारेजीमा प ...

६२ लाखको कारोवार गर्दै २१औं फ्लोरा एक्स्पो सम्पन्न
६२ लाखको कारोवार गर्दै २१औं फ्लोरा एक्स्पो सम्पन्न

काठमाडौं । पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि  ‘स्वच्छ वाताबरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय ...

फ्लोरा एक्स्पोमा दूई दिनमा ३५ लाख भन्दा बढिको कारोवार
फ्लोरा एक्स्पोमा दूई दिनमा ३५ लाख भन्दा बढिको कारोवार

काठमाडौं । पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि ‘स्वच्छ वाताबरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...