असल छिमेकि खराब नियत !!

२०७२ माघ ९ गते ०६:२६ मा प्रकाशित


रबि भट्टराई,
मनै अमिलो भएपछि जिब्रोमा जेरिनै हालेपनि गुलियो नहुने रहेछ । जतिनै तटस्थ भएर सोचेपनि भारत सरकारले हामी नेपालीहरुलाई गरेको अघोषित नाकाबन्दिको चपेटाले हामी नेपालीहरुको बाच्न पाउने अधिकार नै छैन त ? भन्ने प्रश्न उब्जिन थालेको छ ।
अस्पतालहरुमा औषधी पाईन छाडेका छन् , अप्रेशन आधा भन्दा धेरै कटौती भएका खबरहरु दिनानुदिन मिडियामा आउन थालेका छन् । सार्बजनिक सवारी साधनहरु सडकमा कम छन् । बिद्यालयहरु बन्द छन, घरमा चुलो बल्ने स्थिति छैन । आज आउला इन्धन, भोली आउला, पर्सिआउला भनेर पर्खिएर बसेको महिनौ बितिसक्यो आखिर के चाहन्छ भारत ? किन यसरी नेपाली जनताको घाटि निमोठ्दै छ भारत ? किन भुपरिबेष्ठित देशको स्वतन्त्र पारबाहन गर्ने अधिकारको खिल्ली उडाउदैछ भारत ? अझ बिश्वका उदयमान लोकतन्त्र भएको भनेर संसार फुक्दै हिड्ने भारतले संगैको छिमेकिको गला दबाएर हिड्ने काम गर्दा फईदा देख्दो रहेछ भने, यसरि म संसार कै ठुलो लोकतन्त्र भएको देश हु भनेर किन हास्यास्पद अभिब्यतिm दिदै हिड्नु ? कहिले कताको सिमाना मिचेको खबर सुनिन्छ ,कहिले कता हडपेको खबर सुनिन्छ अखिर के को लागी ? लाग्छ संसारको ठुलो लोकतत्त्र भएकाहरुको त झिँगाको जस्तो मन हुदो रहेछ, बादरको जस्तो ब्यबहार हुदोरहेछ अनि बल्छीमा माछालाई पासो लगाएझै ललीपप देखाएर हुक हान्ने काम गरिदो रहेछ आखिर यहि नै त रहेछ मोदी जिको नेपाली सदनमा नेपाली बोलेर चोक चोकमा नेपालीसंग हात मिलाएर गरेको मित्रता । आखिर हामी नेपाली देखि यतीसम्म क्रुर हुन सक्ने भारतीय सरकारका नाईके मोदीजीले हामीलाई यति सम्म निच हर्कत गर्नु जरुरी थियो त ? भन्ने प्रश्न आमनेपाली सबैमा उठेको छ ।
राम्रा मित्र भनेका आकाशका तारा हुन नाङ्गो आखाले हेर्दा कहिले देखिन्छन्, कहिले देखिन्नन् तर हाम्रा आखाले नदेख्ने बेलामा पनि तिनिहरु त्यहा थिए । हो हामि पनि भारतका त्यस्तै मित्र हुनचाहन्थ्यौ तर भारतले हामीलाई त्यस्तो नदेख्ने रहेछ । नेपालीहरु मिलेर बसेको पटक्कै नरुचाउने हाम्रै देशका मधेसमा बस्ने दाजुभाईलाई किनेर आन्दोलन गराउन अग्रसर हुदैछ अझ स्पष्ट नेपालप्रति गिद्दे नजर डाल्दैछ र आफ्नु प्रभाब देखाउन खोज्दै छ । होला हाम्रा पनि कयौ कमी कमजोरी होलान्, गल्तीहरु होलान तर श्मरण रहोस हामीले कुनै छिमेकिको गलानै निमोठ्ने हर्कत गरेका छैनौ, गर्ने पनि छैनौ । तर यहा त सुक्ष्मरुपमा भारतीय अधिकारीहरु अफु अनुकुल राज्यसत्तासम्म प्रभुत्व जमाउने दाउ हेर्ने र त्यो संम्भब नदेखेपछी अहिलेको अबस्था सिर्जना भएको हो भन्ने आकलनहरु हुन थालेका छन् ।
हाम्रो देशमा संबिधान भारतीय आकाङ्क्षा बिपरित आउनु अनि अन्तिम चरणमा भारतिय दुत आएर संबिधान सभाबाट संबिधान बन्न अहिलेकै अबस्थामा नदिने भारतीय निती फेल खाएकै कारण अहिलेको नाकाबन्दी हुनुले नेपालमा भारतीय हस्तक्षप कुन स्तरमा छ भन्ने कुरा जुन र घाम जस्तै छर्लङ्ग छ । यती हुदाहुदै पनि हामीले हाम्रो बिधान बनायौ अरुबेला जेसुकै गरेपनि संबिधानसभाबाट बिधान बनाउने पेरीफेरीमा हाम्रा नेताले जनता को मन जित्ने कोशिस गरेकै हुन् तर लगत्तै भएको नाकाबन्दी, भुकम्पले थिलथिल्याएका नेपालीलाई उकुस मुकुश पारेको छ । आंशिक दोषी नेपाली नेताहरु होलान तर यसको प्रमुख दोषी मोदी सरकार नै हो । यसको जबाफ पनि मोदी सरकारल ेनै दिनु पर्छ ।
हाम्रोे बाच्न पाउने अधिकार खोस्ने कसैलाई पनि छुट छैन् । आजको टड्कारो आवश्यकता भनेको राष्ट्रिय एजेण्डामा सबै पार्टीको मत एक हुन जरुरी देखिन्छ । होला कोहि सत्तामा होलान् कोहि प्रतिपक्षमा होलान तर जनताको हितको लागि एउटै खेमामा जुन दिनसम्म उभिन सक्दैनन् त्यहि दिनसम्म हामी नेपालीले शान्तिको श्वास फेर्न सक्दैनौ । चैनले बाच्न पाउदैनौ । हाम्रा लागी चिन होस वा भारत दुबै बराबर हुन् तर भाषा सस्कृतिका हिसाबले हामी थोरै भारतसंग नजिक छौ तर बिडम्बना हामीलाई भारत सरकारले किन यस्तो अमानबिय निच ब्यबहार गर्दैछ । यो सोचनिय बिषय छ ।
अब हाम्रो पनि यो सबालमा कमी कमजोरी भए होलान, संबिधान बनाउने समयमा कहिकतै कसैका अधिकारहरु पुगेनन् होला, कसैलाई कम भयो होला कसैलाई बढी भयो होला अनि कतै दलित, पिछडिएका मुश्लिम, थारु, मधेसी, क्षत्री, बाहुन लगाएतकाहरुको हकअधिकार सुनिश्चित अझै गर्न बाकी होलान् यो बिषयमा पनि टेबलमा छलफल गरेर समस्या समाधान गर्न सकिन्छ । अहिले तराईमा तराईका साथीहरु आफ्नो अधिकार प्राप्तिको आन्दोलनमा छन् यसलाई धेरै नकारात्मक तरिकाले नबुझौ, हो पिछडिएका समुदायले अधिकार पाउनै पर्छ यसमा कुनै दुईमत छैन र उनिहरुका जायज मागहरु नेपाल सरकारले सम्बोधन गर्न जरुरी छ । तर यसो भन्दैमा रास्ट्रिय अस्मितामा खलल पुग्ने, अखण्डतामा खलल पुग्ने, रास्ट्रिय गौरब गरिमा र प्रतिष्ठामा खलल पुग्ने किसिमका मागहरु देखाएर आन्दोलन गर्न खोजियो भने त्यस्ता आन्दोलनकारी दलाका नेतालाई खोजी खोजी जेलको हावा खुवानु पर्छ । र यस्तो नकारात्मक तरिकाले आन्दोलन गराउन प्रत्यक्ष बा अप्रत्यक्ष रुपले सघाउने छिमिकिहरुलाई पनि यो सन्देस जाहोस् कि अब नेपालीहरु रास्ट्रिय मुद्दामा एक भएका छन् यिनीहरुलाई रुष्ट बनाएर फइदा लिन सकिन्न ।
समग्रमा यो नाकाबन्दी अमानबिय र भारतिय हेपाहा प्रबृतिको पराकाष्ट हो । यो बिषयमा अन्तराष्ट्रिय तवरबाट पनि मुख खोल्लान् तर यो अहिलेको बिषयलाई दुरगामीरुपमा समाधानको लागी एक्लै कुनै प्रधानमन्त्री मईकलालले अहिले कै अबस्थामा पुर्ण समाधान गर्न सक्नेवाला छैनन् चाहे ओली हुन या अन्य कुनै अरु, यदि एक्लै समाधान निकाले भनेपनि त्यो समाधान भारतसंग लम्पसार परेर हाम्रा खोला नाला सबै उसलाई सुम्पिएर छोटो समयका लागि समाधान निस्किएला तर त्यो कुटिल भारतले फेरि एउटा बिन्दुमा गएर नाकाबन्दी गर्नेछ । तसर्थ पछिसम्मको निकास निकाल्ने हो भने सर्बप्रथम हाम्रा नेपाली राजनितिज्ञ चाहे जुन सुकै पार्टीहुन् तिनका जस्तोसुकै धारणा हुन तर राष्ट्रिय एजेण्डामा एक हुनु पर्याे एउटै आवाज निस्कनु पर्याे अनि मात्र ए बि सि जुनसुकै प्रधानमन्त्रीले समस्या समाधान गर्न सक्लान नभए मुतकोे न्यानो मात्र हो, एकछिन न्यानो होला आखिर मुत त मुत नै हो गन्हाउन थाल्छ ।

 

 

You may also Like this

थप समाचार

ओलीलाई किन भेटिनन् भारतीय विदेशमन्त्री स्वराजले ?
ओलीलाई किन भेटिनन् भारतीय विदेशमन्त्री स्वराजले ?

काठमाडौं, साउन २८ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई नभेटी स्वदेश फर्क ...

५ दिनमा २ पटक सगरमाथा आरोहण गरी यी महिलाको राखिन् नयाँ कीर्तिमान !
५ दिनमा २ पटक सगरमाथा आरोहण गरी यी महिलाको राखिन् नयाँ कीर्तिमान !

१० जेठ, सोलुखुम्बु । एकै याममा दुईपटक सगरमाथाको सफल आरोहण गरेर भारतीय महिला अंशु जम्सेन्पाले नयाँ कीर्तिमान कायम गरेकिछन् । उ ...

विदेशी मुद्राको विनिमय दर
विदेशी मुद्राको विनिमय दर

काठमाडौं, वैशाख १५ – नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २८ पैसा र ...

डेब्यु फिल्ममा यस्ता थिए बलिउडका स्टारहरु
डेब्यु फिल्ममा यस्ता थिए बलिउडका स्टारहरु

सलमान खानः डेब्यु- बीबी हो तो ऐसी (१९८८) सलमान खानबाट सुरु गरौं । हुन त उनी सालिम खानका छोरा हुन्, जसले आफ्नो जमानामा &l ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...