आरुषी-हेमराज हत्याकाण्डमा फेरि नेपाली कामदार ‘दोषी’ देखाइयो

२०७४ पुस १६ गते ०९:१८ मा प्रकाशित


hatya

‘आरुषी–हेमराज काण्ड’ का रुपमा भारतीय समाजमा चिनिएको एक दशक पुरानो गम्भीर अपराध र अझै किनारा लाग्न नसकेको फैसलामा पछिल्लोपटक नेपाली कामदारहरुलाई ‘हत्याको भागिदार’ का रुपमा लान्छना लगाइएको छ। यो खबर देवेन्द्र भट्टराईले आजको कान्तिपुरमा लेखेका छन्।

उत्तर प्रदेश, नोयडाको सेक्टर–२५, जयलायु बिहार अपार्टमेन्टमा सन् २००८ को मे १५ मा १४ वर्षीया आरुषी तलवारको शव भेटिएयता प्रहरी अनुसन्धान र अदालती निर्णयमा बाझिंदै फैसला आउने क्रमसँगै गत अक्टोबर दोस्रो सातामा इलाहावाद उच्च न्यायालयले यसअघि ‘क्लिन–चिट’ पाइसकेका कामदारलाई दोषी देखाइएको छ।

नोयडाका प्रतिष्ठित चिकित्सक राजेश–नुपुर तलवारकी एकमात्र छोरी आरुषीको शंकास्पद हत्यामा तत्काल आशंका गरिएका घरेलु कामदार हेमराज बञ्जाडेको पनि त्यही अपार्टमेन्टमा आरुषी मृत भेटिएको दुई दिनपछि शव भेटिएको थियो। भारतको केन्द्रिय अनुसन्धान ईकाइ, सीबीआईले विभिन्न तह र चरणमा गरेको हत्या अनुसन्धानपछि चार वर्षअघि आरुषीका पितामाता स्वयं हत्यारा रहेको फैसलासहित अदालतले आजीवन कारावासको सजाय सुनाएको थियो। तर, सीबीआई अनुसन्धानको पछिल्लो चरणमा एउटै घटना र प्रकृतिको फैसलामा विगतमा ‘निर्दोष’ सावित भइसकेका पात्रलाई दोष देखाएर थुनामा रहेका तलवार दम्पतीलाई सजायमुक्त गरिएपछि पीडित पक्षका तर्फबाट मृतक हेमराजकी श्रीमती खुमकला बन्जाडेले दिल्ली पुगेर सर्वोच्च अदालतमा उजुरी हालेकी छिन्।

‘मेरा श्रीमान हेमराज बन्जाडेको हत्या कसले गरेको हो ? सीबीआई र अरु सम्बद्ध निकायले मेरा श्रीमानको हत्याराबारेमा अलग सोधबिन किन गर्न नचाहेको हो ?’,अर्घाखाँचीको, धारापानी निवासी खुमकलाले दिल्ली पुगेर फिरेपछि भनिन्। दिल्लीस्थित मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको सहयोग लिएर न्यायको खोजीमा अदालत पुगेकी खुमकलाले अहिलेसम्म श्रीमान हत्यामा संलग्न अभियुक्त अथवा कानुनी तहको क्षतीपुर्तिबारेमा कहींकतैबाट भरथेग पाएकी छैनन्। अदालती फैसलामा आरुषी र हेमराज हत्यापछि तलवार परिवारसम्बद्ध नेपाली घरेलु कामदारहरु कृष्ण थापा, राजकुमार तथा विजय मण्डल (भारतीय) लाई दोषी देखाएको छ। यीमध्ये कृष्ण र राजकुमार अहिले नेपालमै बसेर आफ्नो रोजीरोटी धान्ने काम गरिरहेका छन्। आरुषी हत्याकाण्डको अनुसन्धान गर्ने क्रममा यी नेपाली कामदारहरुलाई सीबीआईले चर्को यातनासहित बयान लिएको खबर पनि बाहिर आएको थियो।

‘अदालतमा कामदारहरु कृष्ण, राजकुमार र विजयका पक्षबाट बहस पैरवी गरिदिने कोही थिएन। उनीहरुको भनाइसमेत राख्न दिइएन, यो प्रचलित न्यायको सिद्धान्तविपरित भयो,’ एकता समाजका महासचिव खगेश्वर शर्माले दिल्लीबाट जारी गरेको विज्ञप्तीमा उल्लेख छ। पछिल्लो फैसलामा हेमराजको हत्याको कारणबारेमा केही खुलाइएको छैन। त्यसमाथि, कामदारहरु स्वयं आरुषी हत्याका ‘भागिदार हुन सक्ने’ भनेर मृत हेमराजमाथि समेत शंकाको दृष्टि राखिएको फैसलाले संकेत गरेको छ।

भारतीय समाजमा एकदमै प्रचलित बनेको रहस्यमयी काण्ड ‘आरुषी–हेमराज हत्या’ माथि पुस्तक तथा फिल्मसमेत बनिसकेको छ।

फैसलाले नेपाली कामदारलाई ‘दोषी करार’ गर्न चाहेको र आफ्ना श्रीमान हेमराजको हत्याबारे सीबीआईले केही नबोलेकोमा न्याय खोज्न दिल्ली पुगेकी खुमकलाले त्यहाँको नेपाली दूतावाससमक्ष पनि आफ्नो सरोकार सुनाउन चाहेकी थिइन्। ‘तर दूतावासको कन्सुलर सेवासँग पहुँच राख्नै सकिएन, यस्ता गम्भीर प्रकृतिका मामलामा दुतावासले सुनुवाइ गर्ने गरेको नजिर हामीसँग छँदै छैन,’ समाजका दिल्लीस्थित एक अधिकारीले भने।

अर्घाखाँचीको धारापानी गाउँमा खेतीपातीसँगै मुस्किलले जीवनयापन गरिरहेकी खुमकलाको छोरा छातीको समस्याबाट ग्रसित भएर उपचाररत छन्। अनाहकमा पति मारिएको घटना सबैतिर चर्चित भए पनि खुमकलाले कहींकतैबाट सहयोग वा सान्त्वना पाएकी छैनन्।

You may also Like this

थप समाचार

प्रदेश प्रमुख भोलि तोकिने
प्रदेश प्रमुख भोलि तोकिने

कानुनमन्त्री यज्ञबहादुर थापाले आगामी मन्त्रिपरिषद् बैठकबाट सातै प्रदेश प्रमुख नियुक्त गर्ने बताएका छन् । माघ २४ गते राष्ट्रि ...

मेलम्ची काठमाडौं आइपुग्दा २८ अर्ब खर्च हुने
मेलम्ची काठमाडौं आइपुग्दा २८ अर्ब खर्च हुने

मेलम्ची खानेपानी आयोजना सम्पन्न हुँदा करिब २८ अर्ब रुपैयाँ खर्च हुने भएको छ। १७ अर्ब लागत अनुमान गरेर सुरु भएको आयोजना समयमै ...

दाहाललाई उचाल्दै मधेसवादी दल !
दाहाललाई उचाल्दै मधेसवादी दल !

नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनलाई फुटाउन राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालको मधेसवादी गठब ...

निर्वाचन आयोग, अख्तियार र महालेखा प्रमुखबीच गोप्य भेटघाट
निर्वाचन आयोग, अख्तियार र महालेखा प्रमुखबीच गोप्य भेटघाट

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात र महालेखा परीक्षक टं ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...