मेस्सी चम्किदा विश्वकपमा छानियो अर्जेन्टिना

२०७४ असोज २५ गते ०७:२६ मा प्रकाशित


messi ball

२५ असोज । आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि अर्जेन्टिना छनौट भएको छ । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बुधबार बिहान भएको इक्वेडरसँगको निकै महत्वपूर्ण खेलमा ३–१ को जित निकाल्दै अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरेको हो ।

big-lnd_1

एक खेल बाँकी हुँदा छनौट नहुने खतरामा रहेको अर्जेन्टिना स्टार खेलाडी लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनको बलमा विश्वकपमा स्थान बनाउन सफल भएको हो ।अर्जेन्टिनाको जितमा तीनै गोल मेस्सीले गरे । पहिलो मिनेटमा नै इक्वेडरका इबाराले गोल गरेपछि अर्जेन्टिना पछि परेको थियो । तर ११ औं मिनेटमा मेस्सीले अर्जेन्टिनाका लागि बराबरी गोल फर्काए । त्यसको सात मिनेटपछि व्यक्तिगत दोस्रो गोल गर्दै मेस्सीले अर्जेन्टिनालाई २–१ को अग्रता दिलाए । पहिलो हाफमा दुई गोल गरेका मेस्सीले ६२ औं मिनेटमा सुन्दर गोल गर्दै ह्याट्रिक पूरा गरे ।

messi

मेस्सीको ह्याट्रिकले अर्जेन्टिनालाई रुस यात्रा तय गर्न सजिलो बनायो । दक्षिण अमेरिकी क्षेत्रका १० देश मध्ये शीर्ष चारमा हरने टिमले विश्वकपमा सोझै स्थान बनाउँछन् । पाँचौं स्थानमा रहने टिमले प्ले–अफ खेल्नु पर्छ । अर्जेन्टिना २८ अंकसहित तेस्रो स्थानमा रहँदै विश्वकपका लागि छनौट भएको हो ।

 

You may also Like this

थप समाचार

नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?
नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?

काठमाडौं, २७ चैत । नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने अवसर प्राप्त भएको छ सर्वेन्द्र खनाललाई । सरकारले नेपाल प्रहरीको प्रमुख अर ...

२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै
२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै

काठमाडौं । नेपालमा समग्र पुष्प व्यवसायहरुको विकास, विस्तार र प्रर्वद्धनमा क्रियाशिल रहेको पुष्प व्यावसायीहरुको छाता संस्था फ ...

गुण्डा नाइके गणेश लामा जेल चलान
गुण्डा नाइके गणेश लामा जेल चलान

काठमाडौं- गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्। लामा फागुन ३० गते गौशालाबाट हतियार सहित पक्राउ परेका थिए ...

सलमानलाई भेट्न घर पुगिन् कट्रिना
सलमानलाई भेट्न घर पुगिन् कट्रिना

दुर्लभ कृष्णसारको सिकार गरेको आरोपमा जेल चलान गरीएका अभिनेता सलमान खानलाई पूर्व प्रेमिका कट्रिना कैफले भेटेकी छिन् । सलमानला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...


मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...