लसभेगास गोलीकाण्डः मृत्यु हुनेको संख्या ५९ पुग्यो, ५ सय २७ जना घाइते

२०७४ असोज १७ गते ०८:५७ मा प्रकाशित


los-anjel-goli

काठमाडौं। अमेरिकी प्रहरी लसभेगासमा गोलीकाण्ड मच्चाउने हत्याराको नियतको खोजी गरिरहेको छ । जहाँ अन्धाधुन्ध गोली प्रहार गर्दा ५९ जना मारिएका थिए भने ५ सय २७ जना घाइते भएका थिए ।

गोलीकाण्डबारे अनुसन्धान गरिरहेका प्रहरीले आक्रमणकारीको घरबाट थप हातहतियार पनि फेला पारिएको जनाएको छ ।

६४ वर्षीय आक्रमणकारी स्टिभन प्याडकको घरबाट १८ वटा बन्दुक, विस्फोटक पदार्थ र हजारौं राउण्ड गोली फेला पारिएको एक अधिकारीले जनाए ।

प्याडकले लास भेगस शहरस्थित एउटा होटलको ३२ औं तल्लामा रहेको कोठाबाट त्यहाँ नजिकै आयोजित एक सांगीतिक कार्यक्रम हेर्न भेला भएका भीडमाथि गोली बर्साउँदा ५ सय २७ जना घाईते भएका छन् ।

आधुनिक अमेरिकी इतिहासमै सबैभन्दा खराब गोलीकाण्ड भनिएको उक्त घटनाको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निन्दा गरेका छन् ।

उनले एकता र शान्तिका लागि अपील गर्दै गोलीकाण्डलाई दुष्टताले भरिपूर्ण क्रियाकलाप भनेका छन् । घटनास्थलबाट थप १० वटा बन्दूक फेला पारिएको छ ।

गोलीकाण्ड मच्चाईंदा उक्त कन्सर्ट हेर्न २२ हजार मानिस भेला भएका थिए । प्रहरीले घेरेपछि हत्यारा आफैले पनि आत्महत्या गरेका थिए ।

घटनाको आतंकवादी संलग्नता पुष्टी भएको छैन । यद्यपि, आईएसले भने घटना आफूले गराएको दावी गरेको छ । (एजेन्सी)

You may also Like this

थप समाचार

गोकर्ण बिष्टले भने– फेरि आउँदा भोट माग्नु नपर्ने गरी काम गर्छौँ
गोकर्ण बिष्टले भने– फेरि आउँदा भोट माग्नु नपर्ने गरी काम गर्छौँ

गुल्मी । नेकपा एमालेका सचिव एवं गुल्मी क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गोकर्णराज विष्टले अबको पाँच वर्षमा ...

प्रचण्डको जीतमा परिवार किन यत्ति धेरै दुःखी भए ?
प्रचण्डको जीतमा परिवार किन यत्ति धेरै दुःखी भए ?

चितवन क्षेत्र नं ३ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन् । प्रचण्डले राप्र ...

यी ६ नेता जसले मतले हारे तर मनले हारेनन्
यी ६ नेता जसले मतले हारे तर मनले हारेनन्

सामान्यतः निर्वाचनमा पराजित भएपछि नेपालमा उम्मेदवारहरुले भन्ने गर्छन्, “जालझेल गरेर हराइयो । ” नेपालमा राजनीतिक ...

प्रहरी निरीक्षकदेखि सांसदसम्म
प्रहरी निरीक्षकदेखि सांसदसम्म

ललितपुर – निर्वाचनभन्दा एक महिनाअघि राजनीतिमा होमिएका पूर्व प्रहरी नायब महानिरीक्षक नवराज सिलवाल प्रतिनिधिसभामा ललितपु ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...


दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...