विश्व क्रिकेट अचम्मित बन्यो, ४ बलमा ९२ रन

२०७३ चैत्र ३१ गते १७:४८ मा प्रकाशित


bangladesh-dhaka-ढाका, चैत ३१ - विश्व क्रिकेटलाई अचम्मित पार्ने एउटा कीर्तिमान बंगलादेशको दोस्रो श्रेणीको क्रिकेटमा बन्न पुगेको छ। ढाकामा मंगलबार सम्पन्न भएको ५० ओभरको एकदिवसीय खेलमा एक्जियोम क्रिकेट क्लबले ४ बलमा ९२ रन बनाएर विश्व क्रिकेटलाई नै अचम्म पार्ने कीर्तिमान बनायो।

यो कीर्तिमान त्यतिबेला बनेको थियो, जब विपक्षी लालमातिया क्लब १४ ओभरमा ८८ रन बनाउँदै अलआउट भयो। प्रत्युत्तरमा ब्याटिङ गर्न आएको एक्जियोम क्लबले कुनै विकेट नगुमाई ४ बल भित्र ९२ रन बनाउदै खेल १० विकेटले जित्यो।

लालमतिया क्लबका प्रारम्भिक बलर सुजोन महमुदले आफ्नो पहिलो बलमै १३ वाइड र ३ नो–बल गरेका थिए। जुन सबै चौका भएको थियो। अक्जियोम क्लबले ८० रन अतिरिक्तबाटै जोडेको थियो। बाँकी ४ बलमध्ये ३ बलमा अक्जियोम क्लबका प्रारम्भिक ब्याट्सम्यान मुस्ताफिजुर रहमानले ३ चौका प्रहार गरे। यसरी बंगलादेशको राजधानी ढाकाको क्रिकेट मैदानमा भएको खेलमा नयाँ कीर्तिमान बनेको थियो।

लालमतिया क्लबका सचिव अदनान रहमानले अम्पायरको खराब निर्णयको विरोध स्वरुप आफ्नो बलरले यति धेरै वाइड र नो–बल फ्याकेको प्रतिक्रिया दिएका छन्।
यो पुरै प्रतियोगिता अवधिभर अम्पायरको खराब निर्णयको विषयमा हामीले कुरा उठाउदै आएका थियौं, अदनानले भने। उनले अक्जियोम क्लबविरुद्धको खेलमा अम्पायरले आफ्नो कप्तानलाई क्वाइन टस गरेपछि भुईमा झरेको क्वाइन पनि हेर्न नदिएको आरोप लगाए।
टस गरेपछि अम्पायरले हाम्रो कप्तानलाई सिक्का हेर्नै नदिई ब्याट गर्न लगाए,उनले भने।

बंगलादेश क्रिकेट बोर्डले यो घटनालाई गम्भीरताका साथ लिएको छ। बोर्ड अध्यक्षले घटनाको विषयमा विस्तुत जानकारी गराउन म्याच अफिसियललाई आदेश दिइसकेका छन्। -एएफपी

You may also Like this

थप समाचार

काठमाडौंको मेयरः विद्यासुन्दरको जित सुनिश्चित, राजुराजद्धारा हार स्वीकार
काठमाडौंको मेयरः विद्यासुन्दरको जित सुनिश्चित, राजुराजद्धारा हार स्वीकार

१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विद्या सुन्दर शाक्यको जित सुनिश्चित भएको छ । जारी म ...

काठमाडौंमा खसेको मतबारे निर्वाचन कार्यालय नै अन्यौलतामा
काठमाडौंमा खसेको मतबारे निर्वाचन कार्यालय नै अन्यौलतामा

१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा खसेको मत कति हो भन्ने विषयमा निर्वाचन कार्यालय नै अन्यौलमा परेको छ । यसअघि संचारकर ...

पहिरोमा परी १३ जनाको ज्यान गयो
पहिरोमा परी १३ जनाको ज्यान गयो

कोलम्बो, जेठ १२ । श्रीलंकाको दक्षिणी क्षेत्रमा शुक्रबार (आज) गएको पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ भने, अन्य कैयौ व ...

बोलेका कुरा पूरा गर्छुः पोखरा महानगर प्रमुख जिसी
बोलेका कुरा पूरा गर्छुः पोखरा महानगर प्रमुख जिसी

पोखरा, जेठ १२ । पोखरा– लेखनाथ महानगरपालिकाका नवनिर्वाचित प्रमुख मानबहादुर जिसीले निर्वाचन प्रचारप्रसारको क्रममा जनतामाझ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...