एमालेको चुनावी कार्यक्रम बाहिरियो, कुन नेताले कहाँ सम्बोधन गर्ने ?

२०७४ भदौ ३० गते ११:२६ मा प्रकाशित


amale_6काठमाडौं, भदौ ३० । स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताको तराईका जिल्लामा हुने चुनावी कार्यक्रम तय भएको छ ।

एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाका अनुसार प्रदेश नं २ का आठ जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा केन्द्रीत भई नेताहरू खटिएका हुन् ।

अध्यक्ष ओलीले शुक्रबार जितपुर–सिमरा उपमहानगरपालिका तथा बर्दिबास नगरपालिकालगायत चुनावीसभा र कार्यक्रमलाई सम्बोधन गर्नेछन् । वरिष्ठ नेता झलनाथ खनालको आज बाराका विभिन्न स्थानीय तहका कार्यक्रममा सहभागी भई नेतृत्व र सम्बोधन गर्ने कार्यक्रम छ ।

नेता माधवकुमार नेपाल प्रदेश नं २ का विभिन्न जिल्लामा सक्रिय रहिआएका छन् । आफ्नो गृह जिल्ला रौतहटका साथै नेता नेपालले बारा, पर्सा, महोत्तरीका चुनावी भेला, सभालाई सम्बोधन र उम्मेदवारसँग घरदैलो पनि गरिरहेका छन् ।

उनले शुक्रबार सिरहाको गोलबजार नगरपालिकामा सम्बोधन गर्ने कार्यक्रम छ । उपाध्यक्ष वामदेव गौतम र भीमबहादुर रावल पनि विभिन्न जिल्लाका चुनावी कार्यक्रममा रहनेछन् ।

महासचिव ईश्वर पोखरेल मूलतः वीरगञ्ज महानगरपालिकामा बढी केन्द्रीत हुँदै बारा र पर्साका विभिन्न कार्यक्रममा सक्रिय भएर अहिले महोत्तरीका विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । उनी शुक्रबार सिरहा र सप्तरीका कार्यक्रममा केन्द्रीत रहनेछन् । रासस

You may also Like this

थप समाचार

नयाँ सरकार कहिले?
नयाँ सरकार कहिले?

निर्वाचन आयोगबाट औपचारिक रूपमा समानुपातिकबाट पाउने सिट संख्याको यकिन शुक्रबार मात्रै भए पनि प्रतिनिधिसभामा वाम गठबन्धन बहुमत ...

कर्णालीमा दैनिक १४ घन्टासम्म लोडसेडिङ, कुन जिल्लामा कति घन्टा?
कर्णालीमा दैनिक १४ घन्टासम्म लोडसेडिङ, कुन जिल्लामा कति घन्टा?

संघीय राजधानी लगायत देशका ठूला सहरहरु झिलिमिलि भइरहँदा उर्जाका लागि धनी क्षेत्र कर्णाली भने अँध्यारोमा छ। यो खबर हामीले आजको ...

माओवादी केन्द्रमा विवाद सुरू- सरकारको नेतृत्व कसले गर्दैछ?
माओवादी केन्द्रमा विवाद सुरू- सरकारको नेतृत्व कसले गर्दैछ?

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनको गृहकार्य अगाडि बढाएसँगै माओवादी केन्द्रभित्र पनि कसले सरकारको नेतृत्व गरेर ...

वाम रणनीतिः मन्त्रिपरिषद निर्णय बदर गर्न संसदमा विशेष प्रस्ताव
वाम रणनीतिः मन्त्रिपरिषद निर्णय बदर गर्न संसदमा विशेष प्रस्ताव

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सम्पन्न भएपछि सरकारले गरेको नियुक्तिलगायतका सम्पूर्ण निर्णय वाम गठबन्धनमा बन्ने आगामी सर ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...