काठमाडौंमा एमालेको झण्डै ४ हजारको अग्रता

२०७४ जेष्ठ ५ गते १८:०३ मा प्रकाशित


uml_3५ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । प्राप्त परिणाम अनुसार नेकपा एमालेका प्रमुख पदका उमेद्बार विद्या सुन्दर शाक्यले झण्डै ४ हजार मतको अग्रता बनाएका छन् ।

ताजा परिणाम अनुसार शाक्यले ११ हजार ८ सय ३ मत प्राप्त गरेका छन् भने काँग्रेसका राजुराज जोशीले ७ हजार ९ सय ६६ मत ल्याएका छन् ।

तेस्रो स्थानमा रहेकी विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले ४ हजार ७ सय ३ मत प्राप्त गरेकी छिन् भने साझा पार्टीका किशोर थापाले ३ हजार ५ सय ८८ मत ल्याएका छन् ।

उपप्रमुख पदमा काँग्रेसका हरिप्रभा खड्गी १० हजार ५ सय ३७ मतसहित अग्रस्थानमा छिन् भने दोस्रो स्थानमा रहेका राप्रपाका राजाराम श्रेष्ठले ६ हजार ३ सय ९१ मत प्राप्त गरेका छन् । अहिलेसम्म ३५ हजार ५ सय ४ मत गणना गरिएको छ ।

You may also Like this

थप समाचार

आगामी निर्वाचनको पर्यवेक्षण गर्न चाहनेसँग आवेदन माग
आगामी निर्वाचनको पर्यवेक्षण गर्न चाहनेसँग आवेदन माग

काठमाडौं, असोज ६ । निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पर्यवेक्षण गर्न अनुमति चाहने संघसंस ...

पर्सागढी नगरमा नेपाली काँग्रेस विजयी
पर्सागढी नगरमा नेपाली काँग्रेस विजयी

पर्सा, ६ असोज । पर्साको पर्सागढी नगरपालिकाका प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।प्रमुखमा लोकनारा ...

स्थानीय तह निर्वाचन सम्पन्न भएकोमा राष्ट्रसंघ महासचिवद्धारा नेपाली जनतालाई बधाई
स्थानीय तह निर्वाचन सम्पन्न भएकोमा राष्ट्रसंघ महासचिवद्धारा नेपाली जनतालाई बधाई

६ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा नेपाललाई बधाई दिएको छ । राष्ट्र संघ ...

चिकित्सकद्वारा आकस्मिकबाहेक सबै सेवा ठप्प, बिरामीको कन्तबिजोग
चिकित्सकद्वारा आकस्मिकबाहेक सबै सेवा ठप्प, बिरामीको कन्तबिजोग

६ असोज, काठमाडौं । चिकित्सकहरुले शुक्रबारदेखि देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् । उपचारका क ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...