लौ अब पत्ता लाग्यो मान्छेको अधिकतम आयु !

२०७४ भदौ २५ गते १६:३१ मा प्रकाशित


aau_2२५ भाद्र । तपाइँ चाहे जति नै धेरै स्वस्थ किन नहुनुस् वा बाँच्नका लागि अनेकन जुक्ति किन नगर्नुस्, एकदिन मर्नैपर्दछ । कोही धेरै बाँच्ला, कोही छिटै मर्ला कुरा यत्तिमात्र हो ।

आखिर मान्छे सबैभन्दा धेरै कति उमेरसम्म बाँच्नसक्ला रु अर्थात् मानिसको अधिकतम आयु कति हो रु अहिलेसम्म रहस्यको गर्भमै रहेको यो तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।


नेदरल्याण्डका वैज्ञानिकहरुले मान्छेको अधिकतम आयु पत्ता लगाएका छन् ।
उनीहरुका अनुसार महिलाको अधिकतम आयु ११५.७ वर्ष हो भने पुरुषको अधिकतम आयु ११४.१ वर्ष हो ।

टिलबर्ग र इरास्मस विश्वविद्यालयका वैज्ञानिकहरुले गरेको अनुसन्धानबाट यस्तो निष्कर्ष निस्केको हो ।

वैज्ञानिकहरुले ७५ हजार मानिसमा अनुसन्धान गरेका थिए जसको पछिल्लो ३० वर्षमा नेदरल्याण्डमा मृत्यु भएको थियो ।

शोधकर्ता प्राध्यापक जोन इन्मलले पछिल्लो ३० वर्षमा उल्लेखित आयुभन्दा धेरै कोहीपनि मानिस बाँचेको नपाइएको बताए ।

वैज्ञानिकहरुका अनुसार विश्वमा मानिसको औषत आयुमा वृद्धि भएको भएपनि मानिसको वास्तविक अधिकतम आयु भने बढेको छैन ।

वैज्ञानिकहरुका अनुसार चाहे जतिसुकै स्वस्थ जिवनशैली किन नअपनाउनुस् औषत आयू १ सय १५ वर्षभन्दा बढ्नेवाला छैन ।

तर विश्वमा अहिलेसम्म एकजना व्यक्ति १ सय २२ वर्षसम्म बाँचेको पाइएको छ । सन् १९९७ मा मृत्युभएकी जेनी लुइस काल्मेन्ट १ सय २२ वर्ष १६४ दिनसम्म बाँचेकी थिइन् । उनले हप्तादिनमा एक किलो चकलेट खान्थिन् । -एजेन्सी

You may also Like this

थप समाचार

३५ प्रतिशत मत खस्यो
३५ प्रतिशत मत खस्यो

काठमाडौं, असोज २ । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नम्बर–२ का ८ जिल्लाका १३६ ओटा स्थानीय तहमा जारी मतदान ...

२७ मेट्रिक टन मह उत्पादन
२७ मेट्रिक टन मह उत्पादन

स्याङ्जा, भदौ २८ । आर्थिक वर्ष २०७३र७४ मा जिल्लामा २७ मेट्रिक टन मह उत्पादन भएको छ । जिल्ला कृषि विकास कार्यालयका सूचना अधिका ...

रोहिङ्गा ज्यादतीबारे राष्ट्रसंघको आकस्मिक बैठक बस्दै

२७ भदौ, कोक्स बजार । म्यानमारबाट झण्डै तीन लाख रोहिङ्गा मुस्लिम समूदायका मानिस भागेर शरणार्थीका रुपमा बङ्गलादेश विस्थापित भएप ...

बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण नभएकामा प्रभावितको आपत्ति
बूढीगण्डकी आयोजनाको मुआब्जा वितरण नभएकामा प्रभावितको आपत्ति

काठमाडौं, भदौ २५ । बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रमा पर्ने आरुघाट, आर्खेत र खहरे बजारको मुआब्जा निर्धारण नभएको भन्दै प्रभाव ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...