एलईडी बल्ख खरिद प्रकरणः भारतभन्दा नेपाललाई आधै सस्तो

२०७४ बैशाख ३० गते १०:०९ मा प्रकाशित


led-768x556३० वैशाख, काठमाडौं । विद्युत्त प्राधिकरणले भारतबाट मगाएर उपभोक्तालाई बिक्री गर्न खोजेको एलईडी चिमको मूल्य विवादित बनाउने प्रयास भइरहँदा नौ वाटको फिलिप्स एलईडी चिमको मूल्य भारतको राजधानी दिल्लीमै प्रतिगोटा एक सय ९० भारु (तीन सय चार रुपैयाँ) पर्ने त्यहाँका बिक्रेताले बताएका छन् ।

नयाँदिल्लीस्थित द्वारका सेक्टर १२ मा रहेको संकल्प इलेक्ट्रिकल्सका बिक्रेता अविनाश गुप्ताले फिलिप्स ब्रान्डको इलईडी चिमको एक सय ९० भारु पर्ने जानकारी दिए । ‘हामीले फिलिप्सको नौ वाटको एलईडी चिम सबैभन्दा सस्तोमा यही मूल्यमा बेचिरहेका छौं,’ गुप्ताले भने ।

प्राधिकरणले भारतीय सरकारी कम्पनी इनर्जी इफिसेन्सी सर्भिसेस लिमिटेडमार्फत यही ब्रान्ड र यही क्षमताको २ करोड थान चिम आयात गर्दैछ । उक्त चिममा भन्सार महसुल, कर, ढुवानीलगायत शुल्क जोडेर उपभोक्तालाई प्रतिगोटा १ सय ४० रुपैयाँमा खरिद गर्ने योजना प्राधिकरणको छ ।

नेपालको हेटौंडासम्म प्रतिगोटा ६५ रुपैयाँ भारु –एक सय चार रुपैयाँ) पर्ने यो चिमको मूल्यमा स्थानीय कर र सेवा शुल्क जोडिँदा नेपालका उपभोक्ताका लागि प्रतिगोटा एक सय ४० रुपैयाँसम्म पर्ने प्राधिकरणका कार्यकारीनिर्देशक कुलमान घिसिङले बताए । अर्थात् दिल्लीमा फिलिप्स ब्रान्डको एउटा एलईडी चिमलाई पर्ने मूल्यमा नेपालमा प्राधिकरणले दुईवटा त्यस्तै चिम बिक्री गर्नेछ ।

अन्नपूर्ण पोस्ट दैनिक खबरको अगाडि लेख्छ – काठमाडौंको बजारमा भने फिलिप्स नौ वाटको एलईडी चिमको मूलय चार सयदेखि पाँच सय रुपैयाँसम्म पर्छ । प्राधिकरणले खरिद गर्न लागेको उक्त एलईडीका लागि ईईएसएलले प्रस्ताव गरेको ६५ भारुको मूल्यमा दुई अर्ब ८० लाख रुपैयाँ तिर्नुपर्नेछ । भारतीय उपभोक्ता मूल्यमा यो परिमाणमा आयात गर्ने हो भने यसको मूल्य ६ अर्ब ८० लाख रुपैयाँ पर्छ । भारतीय उपभोक्ता बजार र प्राधिकरणले बिक्री गर्ने मूल्यबीच प्रतिगोटा एक सय ६४ रुपैयाँको अन्तर छ । यही हिसाबले पनि प्राधिकरणका उपभोक्ताका लागि तीन अर्ब २८ करोड रुपैयाँ लागत बचत हुने देखिएको छ ।  आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

You may also Like this

थप समाचार

आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो
आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो

एकपछि अर्को चामत्कारिक बलिङ गर्दै आएका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आ ...

मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक
मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक

संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आईतबार बसेको बैठक ...

बढी यात्रु बोक्ने सवारीलाई कारबाही
बढी यात्रु बोक्ने सवारीलाई कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले माईक्रोवस र टेम्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनविरुद्ध कारबाही थालेको छ ...

किन हुन्छ सुन तस्करी ?
किन हुन्छ सुन तस्करी ?

सुनमा कोटा प्रणाली लागू गरिएपछि तस्करी झनै बढ्नुका साथै भन्सारले पाउने राजस्वसमेत तस्करकै पोल्टामा जाने गरेको छ । चोरीनिकासी ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...