११ सय वर्ष पहिले मरेकी महिलाको खुट्टामा एडिडास जुत्ता फेला परेपछि...

२०७४ बैशाख ७ गते १७:३३ मा प्रकाशित


adidas-soe७ बैशाख । एडिडास कम्पनीको स्थापना ९२ वर्ष पहिले अर्थात् सन् १९२४ मा भएको हो । तर ११ सय वर्ष पहिले मरेकी एक महिलाको खुट्टामा समेत ‘एडिडास जुत्ता’ फेला परेपछि त्यसले तहल्का मच्चाएको छ ।

मंगोलियामा ११ सय वर्ष पहिले मृत्यु भएकी एक महिलाको शव अर्थात् ममी फेला परेको छ । उक्त ममीको सरीरमा यस्ता केही चिजहरु फेला परेका छन् जुन देखेर वैज्ञानिकहरु पनि अचम्ममा परेका छन् र ती चिजहरुले सोच्न बाध्य पारेका छन् ।

उक्त मानव अवशेषको खुट्टामा वैज्ञानिकहरुले एडिडास कम्पनीले उत्पादन गर्ने जस्तै मोडेलका जुत्ता लगाएको फेला पारे । ११ सय वर्ष प्हिले मरेको मानिसको खुट्टामा अहिले एडिडास कम्पनीले बनाउने जस्तै जुत्ता भेटिएपछि सबै छक्क नपर्ने कुरै भएन ।

वास्तवमा उक्त मानव अवशेषको खुट्टामा भेटिएका रातो(कालो रंगका बुट जुत्ता सुरुमा झ्वाट्ट हेर्दा अहिलेका एडिडास जुत्ताको एउटा मोडेल जस्तै देखिन्छ दुरुस्तै । यसबाट अहिलेका एडिडास कम्पनीले बनाउने अत्याधुनिक जुत्ताहरुका मोडेल त ११ सय वर्षअघि नै मानिसहरुले लगाउने गर्दा रहेछन् भन्ने देखिन्छ ।

मंगोलियाको अटलई पहाडमा भेटिएको उक्त अवशेष सँग अन्य केही चिजहरु पनि फेला परे । वैज्ञानिकहरुका अनुसार ती महिलालाई धारिलो वस्तुले टाउकोमा हानेर हत्या गरिएको र उनलाई प्रहार गरिएको चक्कु तथा उनले प्रयोग गर्ने अन्य वस्तु सहित गाडिएको रहेछ । महिलाको अवेशषसँगै गाडिएका चक्कु, काइँयो, शिशा आदि दुरुस्तै छन् । चक्कुमा त खिया पनि लागेको छैन ।

हत्या भएको समयमा ती महिलाको उमेर ३०।४० वर्षको रहेको हुनसक्ने वैज्ञानिकहरुको अनुमान छ ।
एजेन्सी

You may also Like this

थप समाचार

विजयी पछि प्रचण्डले पार्टी एकता बारे यसो भने !
विजयी पछि प्रचण्डले पार्टी एकता बारे यसो भने !

चितवन । माओवादी केन्द्रका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकार गठन र पार्टी एकता सँगसँगै अघि बढ्न ...

चितवन ३ बाट प्रचण्ड विजयी
चितवन ३ बाट प्रचण्ड विजयी

चितवन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले लोकतान्त्रिक गठबन्धनका ...

विजयी र्यालीबाट फर्कदा ज्यान गयो
विजयी र्यालीबाट फर्कदा ज्यान गयो

नुवाकोट । नुवाकोटमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ पाटीभञ्ज्याङका मनोज श्रेष्ठको म ...

उदयपुरमा नारायण खड्का झिनो मतले अगाडि
उदयपुरमा नारायण खड्का झिनो मतले अगाडि

उदयपुर क्षेत्र नम्बर १ मा फेरि नेपाली कांग्रेसका नारायण खड्काले अग्रता लिएका छन् । यसअघिको परिणामसम्म ७३ मतले अघि रहेकी एमाल ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...


दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...