एसीसी यू-१९ क्रिकेटः नेपालको सानदार जित, भुटान पराजित

२०७४ भदौ २८ गते १२:१५ मा प्रकाशित


samsad---काठमाडौं, भदौ २८ । एसीसी अन्डर–नाइन्टिन एसिया कप क्रिकेट छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।


पहिलो खेलमा थाईल्याण्डलाई हराएको नेपालले आज९बुधबार० भएको दोस्रो खेलमा भुटानलाई ९ विकेटले पराजित गरेको हो ।

मलेसियाको किन्रारा ओभल मैदानमा भुटानले दिएको ५१ रनको चुनौती नेपालले ८ ओभर ३ बलमा १ विकेटको नोक्सानीमा पार गर्‍यो ।

नेपालका लागि आशिफ शेखले अविजित २३ रन जोड्दा अर्का सुरुवाती ब्याट्सम्यान सन्दिप सुनार २१ रन जोड्दै पभेलियन फर्किए ।

यसअघि पहिले ब्याटिङ गरेको भुटानले २९ औं ओभरमा अलआउट हुनुपुर्व ५० रनको सामान्य योगफल खडा गरेको थियो ।

भुटानको लागि तासी फुन्सोले अविजित रहँदै १६ रन जोड्दा उगेन दोर्जीले १३ रनको योगदान दिए ।

भुटानलाई सस्तैमा समेट्न नेपालका कप्तान दिपेन्द्र सिंह ऐरीले ५ विकेट लिँदा सन्दिप लामिछानेले ४ विकट झारे । बाँकी १ विकेट नन्दन यादवको नाममा रह्यो ।

नेपालले समूह ए को अन्तिम खेलमा भोलि सिंगापुरसँग खेल्नेछ ।

You may also Like this

थप समाचार

पूरै सेवाको भावना राखेर राजनीतिमा लाग्नुस्, झन्झट लाग्छ भने छोड्दिनुहोस्ः कांग्रेस नेता सिंह
पूरै सेवाको भावना राखेर राजनीतिमा लाग्नुस्, झन्झट लाग्छ भने छोड्दिनुहोस्ः कांग्रेस नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेता कार्यकर्ताहरुलाई निराश नहुन र पार्टीको सुधारमा लाग्न निर्देशन दिएका ...

राष्ट्रिय तेक्वान्दो सङ्घ–नेपालले गर्यो काठमाडौं जिल्ला तेक्वान्दो सङ्घको पुनर्गठन, अध्यक्षमा विनय महत सर्वसम्मत
राष्ट्रिय तेक्वान्दो सङ्घ–नेपालले गर्यो काठमाडौं जिल्ला तेक्वान्दो सङ्घको पुनर्गठन, अध्यक्षमा विनय महत सर्वसम्मत

राष्ट्रिय तेक्वान्दो सङ्घ–नेपालले काठमाडौं जिल्ला तेक्वान्दो सङ्घको पुनर्गठन गरेको छ । सङ्घका अध्यक्ष श्रीकृष्ण श्रेष् ...

माफ अन्तर विद्यालय वादविवाद प्रतियोगिता पिस प्वाइन्टमा सम्पन्न (भिडियो)
माफ अन्तर विद्यालय वादविवाद प्रतियोगिता पिस प्वाइन्टमा सम्पन्न (भिडियो)

काठमाडौँ । पिस प्वाइन्ट बोर्डिङ्ग स्कुलको आयोजनामा म्युचअल एकेडेमीक एक्टिभिटिज फोरम (माफ) अन्तर विद्यालय वादविवाद प्रतियोगित ...

ज्ञानेन्द्र किन जाँदैछन् सिमरा ?
ज्ञानेन्द्र किन जाँदैछन् सिमरा ?

काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाह यही वैशाख ३० गते बारा जिल्लाको सिमरा जाने भएका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...