एक दिनमै ४० वटा खिल्ली चुरोट पिउने एकजना २ वर्षे बच्चाको हालत

२०७४ बैशाख २१ गते १७:५६ मा प्रकाशित


balak२१ बैशाख । एक दिनमै ४० वटा खिल्ली चुरोट पिउने एकजना २ वर्षे बच्चाको विषयमा सोसल मिडियामा समाचारहरु देख्नुभएकै होला विगतमा । उक्त बच्चा अहिले नौ वर्षको भैसकेको छ ।


इण्डोनेसियाको सुमात्रामा बस्ने आर्दी रिजल नामको उक्त बच्चाको सात वर्ष पहिले जब पहिलोपटक चुरोट पिइरहेको फोटो भाइरल बन्यो तब उक्त फोटोले दुनियालाई हैरान बनायो ।

आर्दीकी आमाका अनुसार आर्दी जब १८ महिनाको थियो तब उसका बुवाले आफुले तानिरहेको चुरोट एक सर्को आर्दीलाई पनि तान्न दिए । त्यसपछि आज, भोलि गर्दै आर्दीमा चुरोटको लत बस्यो र ऊ दिनमै ४० खिल्ली चुरोट पिउने अवस्थामा पुग्यो । चुरोटको लतले बच्चाको अवस्था गम्भीर बन्ने लक्षण देखिएपछि सरकार, स्वास्थ्य विशेषज्ञ तथा उसकी आमाले समेत आर्दीको लत छुटाउने कोसिस गरे ।

तर, आर्दीका लागि चुरोट छाड्ने कुरा सजिलो थिएन । चुरोटको लत छुटाउनका लागि उसको ध्यान खानेकुरातर्फ आकषिर्त गर्ने प्रयास गरियो । पाँच वर्षको उमेरसम्ममा उसको चुरोटको लत त निकै कम भयो तर विडम्बना फेरि उसमा धेरै खानेकुरा खाने लत बस्यो ।

आर्दीले फेरि सबैको ध्यान खिच्न सफल भए । पाँच वर्षकै उमेरमा आर्दीको सरीरको वजन सामान्य भन्दा ६ किलो बढी भैसकेको थियो । अहिले ९ वर्षको हुँदा त आर्दी निकै फरक भैसकेको छ ।

आर्दीमा फरकपना आउनुको विशेष कारण छ । एकजना बच्चा सुरुमा चुरोटको लतमा र पछि खानाको लतमा फसेर जोखिममा परेको खबर फैलिएसँगै इण्डोनेसियाको महिला ससक्तिकरण तथा बाल संरक्षण मन्त्रालयले हस्तक्षेप गर्यो ।

त्यसपछि आर्दीको परिवार तथा डाक्टर समेतको सहयोगमा उसको खन्चुवा लत छुटाइयो । पहिले दिनमा ३ बट्टा दुध पिउने आर्दी अहिले वजन घटाउनका लागि केवल माछा, फलफूल तथा सागपात मात्र खाने गर्दछ । उसको जिउ विस्तारै स्वस्थ तथा तन्दुरुस्त बन्दै गएको छ । एजेन्सीको सहयोगमा

You may also Like this

थप समाचार

रियललाई क्लब विश्व कपको उपाधि
रियललाई क्लब विश्व कपको उपाधि

क्रिस्टियानो रोनाल्डोले एकमात्र गोलको मद्धतले रियल म्याड्रिडले लगातार दोस्रो पटक क्लब विश्व कपको उपाधि जितेको छ । ग्रिमिओलाई ...

​हुस्सुका कारण तराईको जनजीवन प्रभावित
​हुस्सुका कारण तराईको जनजीवन प्रभावित

हुस्सुका कारण तराईका जिल्लाहरुको जनजीवन आइतबार पनि प्रभावित भएको छ । शनिबारदेखि तराईमा बाक्लो हुस्सु लागेको छ । तर हुस्सु लाग ...

धनुषा १ बाट मातृका यादव विजयी
धनुषा १ बाट मातृका यादव विजयी

काठमाडौं । धनुषा १ बाट माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादव विजयी भएका छन् । उनले संघीय समाजवादी फोरम नेपालका दीपक कार्क ...

मनाङ प्रदेशसभा ‘ख’: दीपक मनाङेको जित
मनाङ प्रदेशसभा ‘ख’: दीपक मनाङेको जित

काठमाडौं । स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) हिमाली जिल्ला मनाङको प्रदेश (ख) बाट प्रदेश सभा सदस्यमा विजयी भएका छन ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...