फिनल्याण्ड नेपाललाई दियो २ अर्ब ३६ करोड अनुदान

२०७४ असार ३० गते १६:३८ मा प्रकाशित


finlannepal३० असार । फिनल्याण्ड सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन गर्न दुई अर्ब ३६ करोड रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ ।
आधारभूत प्राथमिक तथा माध्यमिक शिक्षा सुधार, शिक्षामा सबैको पहुँच वृद्धि र समानता प्रवद्र्धन गर्न आगामी ६ वर्षका लागि नेपाल सरकारलाई फिनल्याण्डले उक्त रकम अनुदानस्वरुप उपलब्ध गराउन लागेको हो ।

अनुदान सहयोगसम्बन्धी सम्झौतामा शुक्रबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्रालयका सहसचिव वैकुण्ठ अर्याल र नेपालका लागि फिनल्याण्डका राजदूत योर्मा सुभान्तोले हस्ताक्षर गर्नुभयो ।

त्यस अवसरमा सहसचिव अर्यालले नेपालको सामाजिक, आर्थिक विकासका साथै शैक्षिक उन्नयनमा गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।
राजदूत योर्माले नेपालको विकास प्रयासमा फिनल्याण्डले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै शिक्षाको सुधारबाट नेपालको प्रगति र समृद्धि हासिल हुने विश्वास व्यक्त गर्नुभयो । – रासस

You may also Like this

थप समाचार

अमेरिकी कंग्रेसमा रुसमाथि ताजा प्रतिबन्ध लगाउन सहमत
अमेरिकी कंग्रेसमा रुसमाथि ताजा प्रतिबन्ध लगाउन सहमत

काठमाडौं, साउन ८ । अमेरिकी कंग्रेसमा डेमोक्रेटिक र रिपब्लिकन दुवै पार्टीका नेताहरु रुसमाथि ताजा प्रतिबन्ध लगाउने कानुनका विषय ...

देउवा कारणले प्रचण्डलाई लाजमर्दो !
देउवा कारणले प्रचण्डलाई लाजमर्दो !

काठमाडौं, साउन ८ । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेसम्म सरकार विस्तार नगरेकोमा नेकपा माओवादी केन्द्रले चासो राखेको छ । म ...

काँग्रेस केन्द्रीय समिति बैठक जारी...
काँग्रेस केन्द्रीय समिति बैठक जारी...

काठमाडौँ, ८ साउन । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा समसामयिक राजनीति र स्थानीय निर्वाचनको समी ...

नेइमारको २ प्रहारपछि युभेन्ट्स २–१ ले पराजित
नेइमारको २ प्रहारपछि युभेन्ट्स २–१ ले पराजित

न्युजर्सी, साउन ८ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनीमा बेचिने हल्लाका बीच नेइमारले अमेरिकामा भइरहेको विश्व उत्कृष्ट क्लबहरुबीच ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...