एउटै डोरीमा झुन्डिएर आमा–छोराले गरे आत्महत्या

२०७४ बैशाख २८ गते ०९:५५ मा प्रकाशित


२८ वैशाख, गुल्मी । छत्रकोट गाउँपालिका–२ पल्लीकोटमा गत शुक्रबार आमाछोरा एउटै डोरीमा झुन्डिएको अवस्थामा फेला परे । साँझ पौने ६ बजे पल्लीकोटकी २० वर्षीया शीतल परियार र उनका दुई वर्षीय छोरा प्रवेश झुन्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका थिए ।

प्रहरीले मंगलबार मात्र घटना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भोलाबहादुर रावलका अनुसार पहिलाछोरालाई प्लास्टिककोे डोरीले पासो लगाएर पछि आमाले त्यही डोरीमा पासो लगाई आत्महत्या गरेको अनुसन्धानबाट खुल्न आएको हो ।

शीतलका श्रीमान् पदम रोजगारीका लागि दुबईमा छन् । घरायसी विवाद बढ्दै गएकाले मानसिक तनाव सहन नसकेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय मुद्दा फाँट प्रमुख प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले बताए । केही महिनाअघि सानो एउटा घर बनाएको ५०–६० हजार ऋण थियो । त्यसैलाई लिएर श्रीमान्ले बारम्बार फोनमा तनाव दिने गरेको बुझिएको यादवले बताए । शीतलका ४२ वर्षीय ससुरा कासीराम परियारले जाहेरी दिएका छन् । छोरो वैदेशिक रोजगारीमा रहेका वेला बुहारी र नातिको मृत्युले पीडा दिएको उनले बताए । उनले छोराबुहारीबीचको खटपट आफूलाई जानकारी नभएको बताए । नयाँ पत्रिकामा खबर छ ।

You may also Like this

थप समाचार

राजपालाई यी दुई दलको तालमेल प्रस्ताव...
राजपालाई यी दुई दलको तालमेल प्रस्ताव...

काठमाडौं, जेठ १२ । स्थानीय तह निर्वाचनको दोस्रो चरणमा तालमेल गर्न संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरमले अर्को मधेसी घटक र ...

बिहेलगत्तै ‘तलाक’ ! बेहुलासहित दुई भारतीय गाडी स्थानीयको कब्जामा
बिहेलगत्तै ‘तलाक’ ! बेहुलासहित दुई भारतीय गाडी स्थानीयको कब्जामा

काठमाडौं, जेठ १२ । बाराको महागढीमाई नगरपालिका–१० गन्जभवानीपुरमा मुस्लिम परम्पराअनुसार विवाह गरिसकेपछि दुलही मन नपरेको भ ...

काठमाडौं महानगरः विद्यासुन्दर विजयोन्मुख
काठमाडौं महानगरः विद्यासुन्दर विजयोन्मुख

११ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मत गणनामा नेकपा एमालेका मेयरका उम्मेदवार विद्यासुन्दर शाक्य जित नजिक पुगेका छ ...

यसरी गर्दैछन् देउवाले सरकार गठनको पहल
यसरी गर्दैछन् देउवाले सरकार गठनको पहल

११ जेठ, काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि बिहीबार ठूलो दलको नेताका हैसियतल ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...