आँधीका कारण १४ को मृत्यु

२०७४ भदौ २३ गते १४:१७ मा प्रकाशित


aadhiकाठमाडौं, भदौ २३ । शक्तिशाली समुद्री आँधी इर्माले क्यारेबियन क्षेत्रमा कम्तिमा १४ जनाको मृत्यु भएको छ। यस शताव्दीकै केही शक्तिशाली आँधीमध्ये एक मानिएको इर्माको गति प्रतिघण्टा २९० किलोमिटरसम्म थियो।

आँधीका कारण कयौं घाइते भएका छन् भने हजारौं घर तथा अन्य भौतिक संरचना भत्किएका छन्। यसले सेन्ट मार्टिन प्रायद्वीपमा सबैभन्दा बढी क्षति पुर्याएको बताइएको छ।

आँधीले सन् २०१० को भूकम्पबाट उक्सने प्रयास गरिरहेको हैटीमा पनि बाढी निम्त्याएको छ र केही क्षति पनि पुर्याएको छ।

हाल आँधीको गति २७० किलोमिटर प्रतिघण्टामा झरेको छ।

हालसम्मकै पाँच शक्तिशाली आँधीको सूचीमा राखिएको इर्माका कारण करिब १२ लाख मान्छे प्रभावित भएका र यो संख्या बढेर २ करोड ६० लाख पुग्ने अनुमान रेडक्रसको छ।

खानेपानी र सरसफाइका सामग्री नष्ट भएकाले रोगहरु फैलने र मृत्यु हुनेको संख्या बढ्ने सम्भावना रहेको सरकारी अधिकारीहरुले जनाएका छन्।

इर्मा अहिले टर्क्स र काइकोस टापूमा छ र बहामासतर्फ गइरहेको छ। साताको अन्त्यमा ९आइतबारतिर० अमेरिकाको फ्लोरिडा हुँदै यो क्यूबा पुग्ने आकलन गरिएको छ। दक्षिण फ्लोरिडाका करिब ५० हजार बासिन्दालाई आइतबारसम्म ठाउँ छाड्ने सूचना जारी गरिएको छ।

टर्क्स र काइकोस टापूका ३५ हजार जनसंख्या यसबाट नराम्ररी प्रभावित हुने देखिएको छ। घरका छाना उडेका छन् भने विद्युत गएको छ। बाढीले सडक जलमय छन्।

व्यापक विनाश निम्त्याएको क्यारिबियन क्षेत्रमा उद्धार तथा राहत कार्य सुरु भइसकेको छ। बिबिसी

You may also Like this

थप समाचार

एसईई डान्स च्याम्पियनसिप सम्पन्न, बिबेकलाई उपाधि (फोटोफिचर)
एसईई डान्स च्याम्पियनसिप सम्पन्न, बिबेकलाई उपाधि (फोटोफिचर)

काठमाडौँ । बज्रयोगिनी डान्स एन्ड म्युजिक एकेडेमीद्वारा आयोजित एसईई डान्स च्याम्पियनसिप यहि असार २३ गते शनिबार राष्ट्रिय नाचघ ...

‘राजा मामा’को निधन
‘राजा मामा’को निधन

काठमाडौं । लोपोन्मुख कुसुन्डा जातिका ‘राजा मामा’को निधन भएको छ । तनहुँको ब्यास नगरपालिका वडा नम्बर १० डीही गाउँम ...

सलमानले अदालतबाट पाए नेपाल आउने अनुमति
सलमानले अदालतबाट पाए नेपाल आउने अनुमति

मुम्बई– बलिउडका चर्चित अभिनेता सलमान खानले नेपाल आउने अनुमति पाएका छन्। कृष्णसार शिकार मामिलामा ५ वर्षको सजाय पाएका सल ...

५२ वर्ष सम्ममा यति बदलिए सलमान, हेर्नुहोस् बाल्यकालदेखिका यि १० तस्विरहरु

मुम्बइ। बलिउड सुपरस्टार सलमान खानलाई जोधपुर अदालतले ५ वर्षको जेल सजाय सुनाएको छ । कालो हरिणको शिकार गरेको अभियोगमा घटनाको २० ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...