कक्षा ८ देखि ११ सम्म ग्रेडिङमा मूल्यांकन

२०७३ चैत्र ३१ गते १२:४३ मा प्रकाशित


curriculum-development-३१ चैत । अबदेखि कक्षा आठदेखि ११ सम्म अक्षरांकन पद्धतिबाट मूल्यांकन हुने भएको छ । पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक तथा परिषद् सदस्य कृष्णप्रसाद काप्रीले अब ८ देखि १२ सम्म लेटर ग्रेडिङमा मूल्यांकन हुने बताए । शिक्षामा अक्षरांकन पद्धति कार्यान्वयन कार्यविधि, २०७२ लाई संशोधन गरी कक्षा ८ मा शैक्षिकसत्र २०७४ बाट र कक्षा ११ मा यसै शैक्षिक सत्रबाट कार्यान्वयनका लागि स्वीकृति प्रदान गरिएको हो ।

शिक्षामन्त्रीको अध्यक्षतामा हुने राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले अक्षरांक, भाषालगायतका विषयमा निर्णय गरेको छ । परिषद्ले माध्यमिक शिक्षा पाठ्यक्रम ९कक्षा ९ र १००, २०७१ मा ऐच्छिक विज्ञान विषयलाई ऐच्छिक दोस्रो विषयका रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

ननक्रेडिट विषयलाई स्वीकृति
प्राविधिक धारअन्तर्गत प्लान्ट र एनिमल साइन्स पढ्ने विद्यार्थीका लागि कक्षा १२ मा कक्षा ११ को १०० को पूर्णांकको गणित विषय ननक्रेडिटेबल विषयका रूपमा परीक्षा दिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । त्यसैगरी इन्जिनियरिङ विषयअन्तर्गत विभिन्न विषय पढ्ने विद्यार्थीले कक्षा १२ मा अनिवार्य अंग्रेजी ननक्रेडिटेबल विषयका रूपमा परीक्षा दिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

इन्टर्नमा व्यावहारिक विषय
प्राविधिक तथा व्यावसायिक माध्यमिक शिक्षाको कक्षा १२ को वार्षिक परीक्षापछि गरिने व्यावहारिक अभ्यास सञ्चालनका लागि व्यावहारिक अभ्यास कार्यविधि निर्देशिका, २०७३ लाई प्राप्त सुझाबसमेत समावेश गरी मस्यौदालाई अन्तिम रूप दिई स्वीकृतिका लागि मन्त्रालयमा पेस गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिने निर्णय गरेको छ । माध्यमिक तहअन्तर्गत प्राविधिक तथा व्यावसायिक धारतर्फ ललितकला, अटोमोबाइल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, हस्पिटालिटी म्यानेजमेन्ट, वन विज्ञान, पब्लिक हेल्थ शिक्षाका पाठ्यक्रम विकास गर्न सैद्धान्तिक सहमति प्रदान गर्नेसमेत निर्णय गरेको छ ।

भाषा वर्णविन्यासमा सुधार
राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को ६५औँ बैठकले भाषा वर्णविन्यास परिमार्जन गर्ने निर्णय गरेको छ । गत ३० कात्तिकमा नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषद्को बैठकले नेपाली भाषाको वर्ण विन्यास सम्बन्धमा गरेको निर्णयबमोजिम गर्ने निर्णय गरेका छन् । परिमार्जन गर्नुपर्ने क्षेत्र पहिचान गर्न पाठ्यक्रम विकास केन्द्र, सानोठिमीको नेपाली भाषा विषय समितिका अध्यक्षलगायत सदस्यहरू, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति, त्रिभुवन विश्वविद्यालय, पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक, नेपाल संस्कृत विश्वविद्यालय, पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम प्रमुख, त्रिभुवन विश्वविद्यालयको अनिवार्य नेपाली विषय समिति तथा नेपाल संस्कृत विश्वविद्यालयको नेपाली विषय समितिका अध्यक्षलगायतका बैठकले सिफारिस गरेअनुसार केही क्षेत्रमा सुधार गरी कार्यान्वयन गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

सुधार गरी कार्यान्वयन गर्नुपर्ने विषयहरू
-फुल, फूल, पुरा, पूरा, जुन, जून जस्ता सुन्दा उच्चारण एउटै लाग्ने तर अर्थ भिन्न हुने शब्दहरूको हिज्जे नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित शब्दकोशमा प्रविष्टि भएअनुसार लेख्ने ।
– जात, थर बुझाउने पहिचानसँग जोडिएका शब्दका अन्तिम ईकार र ऊकार दीर्घ लेख्ने
जस्तैः अधिकारी, राई, कामी, छेत्री, भट्टराई, बजगाईँ, पुजारी, डकर्मी, धोबी, तेली, हिन्दू, लिम्बू, थारू, ज्यापू आदि । तर, जातले प्रचलनमा ल्याएका सायमिजस्ता प्रयोगलाई यथावत् रूपमा लेख्ने ।
– एकार्थी स्थान, नाम दिनको नाम शब्दलाई पदयोग गरेर लेख्ने । साथै एकार्थी लघु रूपमा रहेका समस्त शब्दलाई पदयोग गरेर लेख्ने
जस्तैः भक्तपुर, ललितपुर, विश्वविद्यालय । दुई शब्दबाट बनेका एकार्थी शब्दलाई पदयोग गरेर लेख्ने
जस्तैः शुभकामना, प्रधानमन्त्री, शुभयात्रा आदि ।
– द वर्णसँग जोडिएर आउने शब्दलाई संयुक्त व्यञ्जनअनुसार र अन्य संयुक्त व्यञ्जनलाई नेपाली बृहत् शब्दकोश, २०६७ अनुसार लेख्ने । -नयाँ पत्रिका डटकमबाट

You may also Like this

थप समाचार

नेकपाले केन्द्रिय कमिटिलाई पूर्णता दियो
नेकपाले केन्द्रिय कमिटिलाई पूर्णता दियो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा आज बसेको पा ...

मुम्बई विरुद्धको खेलमा ३ विकेट लिएका सन्दिप लामिछानेले यस्तो खुशि बाडे (फोटोफिचर)
मुम्बई विरुद्धको खेलमा ३ विकेट लिएका सन्दिप लामिछानेले यस्तो खुशि बाडे (फोटोफिचर)

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सन्दिप लामिछानेले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । दिल्ली डेयरडेभिल्सबाट मुम्बई ...

‘माफ अन्तर–विद्यालय हस्तलेखन प्रतियोगिता’ सम्पन्न (भिडियो)
‘माफ अन्तर–विद्यालय हस्तलेखन प्रतियोगिता’ सम्पन्न (भिडियो)

काठमाडौँ । म्युचअल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को संयोजनमा जगत मन्दिर स्कुलको आयोजनामा ‘माफ अन्तर–विद्यालय हस ...

पार्टी एकता ठूलो मेहनतले सम्भव भएको होः नेपाल
पार्टी एकता ठूलो मेहनतले सम्भव भएको होः नेपाल

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाले र माओवादी केन्द्रको एकता ठूलो मेहनतले सफल भएको बताएका छन् । राष्ट्रिय सभा गृहमा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...